तिहारका लागि राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन बेच्ने
१८ कार्तिक, २०८३
- राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गरिनेछ । चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ। एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
उक्त असर्फी तथा मेडालियन कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट खरिद गर्न सकिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र खुला रहने राष्ट्र बैंकले जनाएको छ ।
खरिद गर्न चाहने नेपाली नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकका अनुसार सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ । मूल्य निर्धारण भएपछि मात्रै बिक्रीको सूचना जारी गरिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
-
ऋण असुलीबाट समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता
-
अभियान संयोजक पन्तको टिप्पणीः “भारतसंग डिल गर्न फेसबुकबाजी होइन, कूटनीतिक चालबाजी चाहिन्छ ।”
-
भारतीय विदेश सचिवसँग बालेनको भेट, कूटनीतिक प्रोटोकल फेरियो
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।