विद्युत् खपत बढाउन र निर्यात विस्तार गर्न ऊर्जामन्त्री श्रेष्ठको जोड
१ भाद्र, २०८३, सोमवार
- उनले पुराना संरचना सुधार, प्रसारण लाइन तथा सबस्टेसन विस्तार, विद्युत् चुहावट नियन्त्रण र वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, विद्युत् महसुलको बक्यौता कानुनअनुसार असुल गर्न सरकार स्पष्ट रहेको पनि उनले उल्लेख गरे ।
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र निर्यात विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले घरायसी उपभोक्तालाई सहुलियत दरमा भरपर्दो विद्युत् उपलब्ध गराउँदै उत्पादनमूलक उद्योगलाई स्थिर दरमा विद्युत् दिने सरकारको प्रयास रहेको बताए।
उनले वर्षायाममा बढी हुने विद्युत्को उपयोग बढाउन मौसमी विद्युत् दर लागू गर्ने तयारी भइरहेको जानकारी दिए । विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणाली सुदृढ गर्दै तेस्रो मुलुकसम्म विद्युत् निर्यात विस्तार गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।
मन्त्री श्रेष्ठका अनुसार हाल ९७.६ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ भने ५९ लाखभन्दा बढी ग्राहक विद्युत् सेवासँग जोडिएका छन् । प्रतिव्यक्ति विद्युत् खपत ४६५ किलोवाट घण्टा पुगेको र नेपाल करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुगेको उनले बताए।
उनले पुराना संरचना सुधार, प्रसारण लाइन तथा सबस्टेसन विस्तार, विद्युत् चुहावट नियन्त्रण र वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, विद्युत् महसुलको बक्यौता कानुनअनुसार असुल गर्न सरकार स्पष्ट रहेको पनि उनले उल्लेख गरे ।
मन्त्री श्रेष्ठले विद्युत् क्षेत्रलाई रोजगारी, उद्योग, कृषि, शिक्षा, स्वास्थ्य र समग्र आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
-
निजामती विधेयक संसदमा दर्ता, यस्ता छन् मुख्य विषय
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।