नाइमाले कहाँबाट पायो व्यवसायीका मोबाइल नम्बर ? उठ्यो गोपनीयताको प्रश्न
३१ श्रावण, २०८३, आइतवार
- नाइमाले ती मोबाइल नम्बरहरू कहाँबाट प्राप्त गर्यो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन।
काठमाडौं: नाइमा मोबिलिटी एक्स्पोको प्रचारका लागि व्यवसायी तथा सर्वसाधारणका मोबाइल नम्बरमा अनुमति बिना प्रचारात्मक एसएमएस पठाइएको भन्दै प्रश्न उठेको छ। पोखरामा रहेका एक व्यवसायीले बिहानै ‘द अलर्ट’मार्फत नाइमा मोबिलिटी एक्स्पोमा सहभागी हुन आग्रह गरिएको मेसेज पाएपछि आश्चर्य व्यक्त गरेका छन्।
यसअघि यही माध्यमबाट फिसिङ लिंकहरू आउने गरेको भन्दै प्रहरीले पटक–पटक सचेत गराउँदै आएको थियो। ती व्यवसायीले नाइमाले आफ्नो मोबाइल नम्बर कहाँबाट पायो र प्रचारात्मक मेसेज पठाउने अधिकार कसले दियो भन्दै प्रश्न गरेका छन्। थप बुझ्दा उक्त मेसेज एक जनालाई मात्र नभई अन्य व्यवसायी तथा व्यक्तिहरूलाई समेत पठाइएको पाइएको छ।
नाइमाले ती मोबाइल नम्बरहरू कहाँबाट प्राप्त गर्यो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन। कानुन व्यवसायीहरूका अनुसार कुनै प्रयोजनका लागि संकलन गरिएको व्यक्तिगत सम्पर्क विवरण सम्बन्धित व्यक्तिको अनुमति वा कानुनी आधारबिना अर्को प्रयोजनमा प्रयोग गर्न नमिल्ने बताउँछन्।
एक्स्पोको प्रचारका लागि व्यक्तिगत नम्बरको प्रयोग कसरी भयो भन्नेबारे नाइमा पक्षले स्पष्ट पार्नुपर्ने देखिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।