ट्रम्प परिवारको क्रिप्टो कम्पनीलाई बैंक खोल्ने बाटो खुल्यो
३१ श्रावण, २०८३, आइतवार
- अमेरिकी नियामक अफिस अफ द कम्प्ट्रोलर अफ द करेन्सी (ओसीसी) का अनुसार कम्पनीले अमेरिकी डलरसँग जोडिएको ‘स्टेबलक्वाइन’ जारी गर्न सक्नेछ, जसले यसलाई ठूला ग्राहकका लागि डिजिटल मुद्रा कारोबार सञ्चालन गर्ने बाटो खोल्नेछ। यसअघि ट्रम्प परिवारको क्रिप्टो व्यवसायले स्टेबलक्वाइन सेवाका लागि तेस्रो पक्षीय कम्पनीको सहारा लिँदै आएको थियो।
काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारसँग जोडिएको क्रिप्टो व्यवसाय वर्ल्ड लिबर्टी ट्रस्ट कम्पनीलाई अमेरिकी बैंक नियामकले बैंक चार्टर स्थापना गर्न सशर्त अनुमति दिएको छ। अमेरिकी इतिहासमै पहिलोपटक बहालवाला राष्ट्रपतिको परिवारसँग सम्बन्धित कम्पनीले यस्तो बैंकिङ हैसियत पाउन लागेको हो।
अमेरिकी नियामक अफिस अफ द कम्प्ट्रोलर अफ द करेन्सी (ओसीसी) का अनुसार कम्पनीले अमेरिकी डलरसँग जोडिएको ‘स्टेबलक्वाइन’ जारी गर्न सक्नेछ, जसले यसलाई ठूला ग्राहकका लागि डिजिटल मुद्रा कारोबार सञ्चालन गर्ने बाटो खोल्नेछ। यसअघि ट्रम्प परिवारको क्रिप्टो व्यवसायले स्टेबलक्वाइन सेवाका लागि तेस्रो पक्षीय कम्पनीको सहारा लिँदै आएको थियो।
यस निर्णयप्रति डेमोक्र्याट सांसदहरूले राष्ट्रपतिको व्यावसायिक स्वार्थ र सरकारी जिम्मेवारीबीच सम्भावित हित–द्वन्द्वबारे गम्भीर प्रश्न उठाएका छन्। सिनेटर एलिजाबेथ वारेनले निर्णयलाई अमेरिकी वित्तीय प्रणालीमा देखिएको अभूतपूर्व ‘स्वार्थको टकराव’ भन्दै यस्तो अभ्यास रोक्न कानुन ल्याउने बताएकी छन्। ट्रम्प प्रशासनले भने राष्ट्रपतिका सम्पत्ति उनका छोराहरूले व्यवस्थापन गर्ने ट्रस्टमा रहेकाले कुनै हित–द्वन्द्व नरहेको दाबी गर्दै आएको छ। ओसीसीले पनि आवेदन प्रक्रिया आफ्ना स्थापित नियम र कानुनी तथा नैतिक दायित्वअनुसार समीक्षा गरिएको जनाएको छ। यद्यपि, बैंकको पूर्ण स्वीकृति पाउन कम्पनीले थप पुँजी बढाउनेलगायत केही सर्त पूरा गर्नुपर्नेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण
-
स्वास्थ्य प्रणाली बलियो बनाउन सीडीसी, एफडीए र एनएचएएको संरचना आवश्यक
-
यसै वर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने
-
राष्ट्रपति पौडेलद्वारा विभिन्न देशका राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण
-
प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई विज्ञताअनुसार योगदान दिन प्रधानमन्त्रीको आग्रह
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।