नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ८९ करोडको कारोबार

१३ कार्तिक, २०८३
सारांश
  • नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, १३ कार्त्तिक । नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार  नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४८ कम्पनिका २ करोड २८ लाख ६२ हजार५५४ कित्ता शेयर ८ अर्ब ८९  करोड १५ लाख ९५ हजार १४५ मा कारोबार भएको थियो ।  आज विकास बैंक, म्युचुअल फण्ड, निर्जीव बीमा अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर १२.११ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेन्छियाम हाइड्रोको शेयर ४.०८ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको ३८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३०  करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार