- गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।
काठमाण्डौ, ३० अषाढ़ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले वृद्धि भई २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७७.८ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यात १३.६ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ९.२ प्रतिशतले वृद्धि भएको छ। भने चीनतर्फको निर्यातमा ३५.८ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, अलैंची, च्याउचाउ, ब्रान्डलगायतका वस्तुको निर्यात बढेको छ। तर जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा र हस्तकलाका सामग्रीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात १५.२ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब १० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वस्तु आयात १३.१ प्रतिशतले बढेको थियो ।
मुलुकगत आधारमा भारतबाट हुने आयात ११.८ प्रतिशत, चीनबाट हुने आयात २१.५ प्रतिशत र अन्य मुलुकबाट हुने आयात १८.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, चाँदी, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, रासायनिक मल, भटमासको कच्चा तेललगायतका वस्तुको आयात बढेको छ । त्यस्तै खाने तेल, हट रोल्ड सिट इन क्वायल, लसुन, एमएस तार, छड, बार, क्वायल, एमएस बिलेटलगायतका वस्तुको आयात घटेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.७ प्रतिशतले वृद्धि भई १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.१ प्रतिशत रहेको थियो ।११ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गरी १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ६९.३ प्रतिशत, ३० प्रतिशत र ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी वस्तुको हिस्सा क्रमशः ६७.३ प्रतिशत, ३१.७ प्रतिशत र १ प्रतिशत रहेको थियो ।
त्यस्तै, कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको हिस्सा क्रमशः ३८.८ प्रतिशत, ५१.८ प्रतिशत र ९.४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यी अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.६ प्रतिशत र ९ प्रतिशत रहेका थिए । वार्षिक बिन्दुगत आधारमा २०८३ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ४.२ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकांक २१ प्रतिशतले बढेको छ ।
त्यस्तै, २०८३ जेठ महिनामा नेपालको व्यापारको सर्त (टर्म्स अफ ट्रेड) १३.९ प्रतिशतले घटेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।