- कम्पनीले सर्वसाधारणका लागि २०८३ असार ३ गतेदेखि ८ गतेसम्म १४ लाख २७ हजार ६ सय कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो ।
काठमाडौँ: माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँट गरिएको छ ।
शुक्रबार कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।
यस प्राथमिक शेयरमा २८ लाख १५ हजार ६७९ वटा योग्य आवेदनबाट ३ करोड १ लाख १९ हजार ८८० कित्ता शेयरको माग परेको थियो। यस्तै, ४७ हजार २३० वटा आवेदनबाट माग गरिएको ५ लाख ३५ हजार ५५० कित्ता शेयरको आवेदन भने रद्द भएको थियो।
माग अत्यधिक परेपछि गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको छ। बाँडफाँटअनुसार एक लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले सर्वसाधारणका लागि २०८३ असार ३ गतेदेखि ८ गतेसम्म १४ लाख २७ हजार ६ सय कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो ।
कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी २० प्रतिशत अर्थात् १७ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
सर्वसाधारणका लागि छुट्याइएको १७ लाख २० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो।
त्यस्तै, सर्वसाधारणतर्फको निष्कासनमध्ये २ प्रतिशत अर्थात् ३४ हजार ४ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
आइपिओको नतिजा सीडीएससी, मेरो सेयरको वेभसाइट तथा शेयर निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न सकिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थशास्त्री डा. वलीले काङ्ग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने
-
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने
-
परराष्ट्रमन्त्री खनाल फिजी र टुभालुमा हुने प्रि–कोप बैठकमा सहभागी हुदै, अस्ट्रेलिया पनि जाने
-
नापीका सर्वेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाखको भ्रष्टाचार मुद्दा दायर
-
आङ्देम्बेले सम्झाए प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा
धेरै पढिएको
विशेष
एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।