चालू आर्थिक बर्षमा सबै भन्दा बढी डिजल आयात

८ आषाढ़, २०८३, सोमवार
सारांश
  • त्यस्तै ११ महिनामा ५३ अर्ब ६९ खर्ब बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ । त्यस्तै एलपीजी ग्यास ५२ अर्ब २१ करोड बराबरको ४७ करोड ५९ लाख केजी आयात भएको विभागले जनाएको छ ।

काठमाडौँ: चालू आर्थिक बर्षको ११ महिनामा सबै भन्दा बढी डिजेल आयात भएको छ ।

 

भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोडको डिजल आयात भएको छ । यस अवधिमा १२ लाख ६४ हजार किलो लिटर डिजल आयात भएको छ ।

 

त्यस्तै धेरै आयातको सूचीको दोस्रो स्थानमा भटमास तेलको कच्चा पदार्थ रहेको छ । विभागका अनुसार ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड बराबरको भटमास तेलको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ७२ करोड ६४ लाख लिटर टमास तेलको कच्चा पदार्थ आयात भएको छ ।

 

त्यस्तै यस अवधिमा पेट्रोल तेस्रो धेरै आयात हुने वस्तु रहेको छ । यस अवधिमा पेट्रोल ६८ अर्ब १७ करोडको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको छ ।

 

त्यस्तै ११ महिनामा ५३ अर्ब ६९ खर्ब बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ । त्यस्तै एलपीजी ग्यास ५२ अर्ब २१ करोड बराबरको ४७ करोड ५९ लाख केजी आयात भएको विभागले जनाएको छ ।

 

भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ ।  अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।     

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार