बजेट: हजार किलोमिटर सडक कालोपत्र गर्ने, द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड
१५ जेठ, २०८३, शुक्रवार
- उनले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने घोषणा गरेका छन् । त्यस्तै नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् ।
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेका छन् ।
बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आउदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गर्दै २ सय सडक पुल निर्माण गरिने घोषणा गरेका छन् ।
उनले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने घोषणा गरेका छन् । त्यस्तै नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् ।
अर्थमन्त्रीले अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने बताउदै सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको घोषणा गरेका छन् ।
उनले द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छन् भने हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।