निर्माण क्षेत्रको समस्या तत्काल समाधान गर्न परिसंघको आग्रह
१४ जेठ, २०८३, बिहिवार
- निर्माण क्षेत्रमा अत्यावश्यक डिजेल, मट्टितेल, बिटुमिनलगायत सामग्री र ढुवानी लागतमा भएको उच्च वृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुने जोखिममा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको परिसंघले जनाएको छ ।
काठमाडौँ: मध्यपूर्वमा जारी युद्धका कारण इन्धन तथा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढेपछि नेपाल निर्माण क्षेत्रमा गम्भीर असर परेको भन्दै नेपाल उद्योग परिसंघले सरोकारवाला निकायसँग तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ ।
परिसंघका अनुसार युद्ध सुरु हुनुअघि फेब्रुअरी १५ मा डिजेलको मूल्य प्रति लिटर १३९ रुपैयाँ रहेकामा हाल बढेर २२५ रुपैयाँ पुगेको उल्लेख गर्दै परिसंघले बिटुमिनको मूल्य प्रति केजी ७५ रुपैयाँबाट बढेर १५५ रुपैयाँ पुगेको उल्लेख गरेको छ ।
निर्माण क्षेत्रमा अत्यावश्यक डिजेल, मट्टितेल, बिटुमिनलगायत सामग्री र ढुवानी लागतमा भएको उच्च वृद्धिका कारण निर्माण उद्योग नै ठप्प हुने जोखिममा पुगेको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी गराएको परिसंघले जनाएको छ ।
महासंघका अनुसार मूल्यवृद्धिका कारण मात्र निर्माण व्यवसायीहरूले हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको उल्लेख गर्दै परिसंघले परियोजनाहरू प्रभावित हुँदा यससँग सम्बन्धित अन्य उद्योगहरू पनि शिथिल हुने खतरा रहेको बताएको छ ।
परिसंघले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल आवश्यक नीतिगत तथा व्यवहारिक सम्बोधन गर्न सरकार तथा सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।