बालेन सरकारप्रति आश्वस्त हुन सकेन शेयर बजार, ७१ अंकले घट्यो

१५ चैत्र, २०८२, आइतवार
सारांश
  • बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको पहिलो कारोबारमा ठुलो गिरावट आएसँगै लगानीकर्ता नयाँ सरकारको स्थिर नीतिप्रति आश्वस्त हुन नसकेको देखिएको छ ।

काठमाडौँ: नेप्सेमा आज ठुलो गिरावट आएको छ । आज आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा पुगेर रोकिएको छ ।

 

बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको पहिलो कारोबारमा ठुलो गिरावट आएसँगै लगानीकर्ता नयाँ सरकारको स्थिर नीतिप्रति आश्वस्त हुन नसकेको देखिएको छ ।

 

आज ३३३ कम्पनिका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९९ र भुजुङ हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । 

 

त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ६.१७ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ७१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ५२ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार