१०० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि राष्ट्र बैंकबाट बोलकबोल आह्वान
२०८२ फाल्गुण १९ मङ्गलवार
- मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना प्रकाशित गर्दै फागुन १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जनाएको छ ।
काठमाण्डौ, १९ फाल्गुण । नेपाल राष्ट्र बैंकले ६ दिन अवधिका लागि १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना प्रकाशित गर्दै फागुन १९ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जनाएको छ ।
बोलकबोलको आधारमा ब्याजदर निर्धारण गरिनेछ । निक्षेप संकलनको निष्काशन मिति फागुन १९ गते नै रहनेछ भने साँवा र ब्याज भुक्तानी फागुन २५ गते गरिनेछ ।
बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । उक्त उपकरण नेपाल राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
यो बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछि चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।
बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदर भएका बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा प्रोराटा आधारमा बाँडफाँड हुनेछ ।
आह्वान गरिएको रकमको सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिलाई रहनेछ । स्वीकृत बोलपत्रको रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खाताबाट काटी अलग्गै खातामा जम्मा गरिनेछ ।
यदि निष्काशनको दिन खातामा पर्याप्त मौज्दात नभएमा सम्बन्धित संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने जानकारी दिइएको छ ।
भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । साथै, भुक्तानी मिति अघि उक्त निक्षेप रकम फिर्ता वा समयअगावै भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।