एपोलो हाइड्रोपावरको आईपीओ फागुन ११ देखि निष्कासन हुँदै

२०८२ माघ २८ बुधवार
सारांश
  • एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

काठमाण्डौ, २८ माघ । एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । यसमध्ये ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ । प्रभावित क्षेत्रका आधारमा उच्च, मध्यम र न्यून प्रभावित क्षेत्रमा क्रमशः ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत शेयर बाँडफाँट गरिनेछ ।

 

त्यस्तै, सर्वसाधारणतर्फ छुट्याइएको शेयरमध्ये ९४ हजार कित्ता (१० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ ।

 

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि निष्काशन फागुन २५ गतेसम्म (ढिलोमा चैत १० गतेसम्म) खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि फागुन १४ गतेसम्म (ढिलोमा फागुन २५ गतेसम्म) आवेदन दिन सकिनेछ ।

 

केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ । कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ, जसको अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार