दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य वृद्धि
२०८२ माघ २० मङ्गलवार
- यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ ।
काठमाडौं: साताको तेस्रो कारोबारदिन मंगलबार नेप्से परिसूचक ओरालो लागेको छ । यसदिन नेप्से १२.५८ अंकले घट्दै २,६८३.१५ बिन्दुमा झरेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.४६ प्रतिशतको गिरावट हो ।
यसदिन सेन्सेटिभ इन्डेक्स २.४५ अंकले घटेको छ, फ्लोट इन्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०९ अंकले घटेको छ ।
आजको कारोबारमा कुल ३२२ वटा धितोपत्र किनबेच हुँदा १ करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर कारोबार भएको छ । सोमबार ८ अर्ब २२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन कुल कारोबार रकम ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ रुपैयाँ पुगेको छ । जम्मा ९२ हजार ३३८ पटक कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ६६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १९० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो । बजारमा गिरावट देखिए पनि केही कम्पनीका शेयरमा भने उल्लेखनीय वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन लिमिटेड अग्रस्थानमा रह्यो । यसको शेयर मूल्य १० प्रतिशतले बढ्दै ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । एचएलआइ लार्ज क्याप फण्डको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
कारोबार रकमको आधारमा यसदिन एसवाई प्यानल लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको मात्र करिब ५९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ४१ करोड रुपैयाँभन्दा बढी मूल्यको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ ।
बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । विश्लेषकहरूका अनुसार नाफा बुकिङ र लगानीकर्ताको पर्खाइको रणनीतिका कारण बजार दबाबमा परेको हुनसक्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।