- यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ ।
काठमाडौँ: एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ ।
एसवाइ प्यानल नेपालका एक करोड ३० लाख ८१ हजार ३७१ इकाई आइपिओ शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यसमा प्रमोटरहरूले राखेका शेयरहरू र सर्वसाधारणलाई जारी गरिएको सेयर समावेश रहेको छ ।
एसवाइ प्यानलको पहिलो कारोबारको लागि खुला दायरा १०६.६१ देखि ३१९.८३ सम्म रहेको छ । यदि कम्पनीले नेप्सेसँग सम्झौतामा हस्ताक्षर गरेमा, शेयरहरू भोलिपल्ट दोस्रो बजारमा कारोबार हुनेछन् ।
कुल एक करोड ३० लाख ८१ हजार ३७१ इकाई शेयरहरू मध्ये. १०० रुपैयाँको ४० लाख ७६ हजार १५६ इकाई आइपीओ शेयरहरू १९ कार्तिक, २०८२ देखि २३ कार्तिक, २०८२ सम्म सर्वसाधारणलाई जारी गरिएको थियो ।
नेप्सेमा सुचिकृत शेयर 'SYPNL' नामबाट कारोबार हुने भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’