- कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो ।
काठमाडौं : एसवाई प्यानल लिमिटेडको सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ ।
कम्पनीले कुल ४० लाख ७६ हजार १५६ कित्ता शेयर जारी गरेको हो । कम्पनीले यसअन्तर्गत सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता र कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता शेयर छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र सर्वसाधारणमा छुट्याइएको मध्येबाट १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता विदेशमा रोजगारीमा रहेका नेपालीहरूलाई खुला गरिएको थियो । कम्पनीले असोज ७ गते उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको छ ।
आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू तथा मेरो शेयर मार्फत गर्न सकिनेछ । आईपीओ निष्कासन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गते बन्द हुने आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’