- ठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।
काठमाडौँ, ७ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले तल्लो अप्सुवा जलविधुत् परियोजना (५४ मेगावाट) को लागि रु. ८ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।
शुक्रबार बसेको बैठकले पश्चिम सेती जलविधुत् परियोजना (८०० मेगावाट) को परियोजना विकास सम्झौता तथा वित्तीय ढाँचा तयारी गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो । यसबाहेक, पाँचखाल विशेष आर्थिक क्षेत्र र काठमाडौँ–हेटौँडा–वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति दिइएको छ ।
साथै, माथिल्लो कर्णाली जलविधुत् परियोजना (९०० मेगावाट) को नयाँ प्रसारण लाइन रुटको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्न कर्णाली ट्रान्समिशन प्रालिलाई सहमति प्रदान गरिएको छ । बैठकमा उपप्रधानमन्त्री, अर्थमन्त्री, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नरलगायत उच्च अधिकारीहरूको उपस्थिति थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’