वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकको विकल्प खोज्नुपर्ने
२०८२ श्रावण २३ शुक्रवार
- शुक्रबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले वैकल्पिक विकास वित्तका उपकरणहरु लामो समय अवधिको हुने, लगानीकर्तालाई पूर्वाधार लगानी गर्न तरलता, खरिद विक्रीमा सहजता जस्ता विषयहरु स्पष्ट रुपमा कानुन आवश्यक भएको भन्दै मौजुदा कानुनमा संशोधनभन्दा पनि विकल्प खोज्नुपर्ने बताए ।
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खरिद विक्रीमा सहजताको लागि वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको विकल्प खोज्नु पर्ने बताएका छन् ।
शुक्रबार बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले वैकल्पिक विकास वित्तका उपकरणहरु लामो समय अवधिको हुने, लगानीकर्तालाई पूर्वाधार लगानी गर्न तरलता, खरिद विक्रीमा सहजता जस्ता विषयहरु स्पष्ट रुपमा कानुन आवश्यक भएको भन्दै मौजुदा कानुनमा संशोधनभन्दा पनि विकल्प खोज्नुपर्ने बताए ।
उनले भने, ‘मौजुदा ऐन, कानुनहरुले वैकल्पिक विकास वित्तका लागि स्पष्ट संस्थागत संरचना, उपकरण, स्रोत परिचालनको यथिस्ट कानुनी आधार प्रदान नगर्ने अवस्था छ । साथै वैकल्पिक विकास वित्तका उपकरणहरु लामो समय अवधिको हुने, आयोजना वा उपकरणको विशेषका लागि प्राप्त गरेका जमानत विशिष्टिकृत हुने तथा लगानीकर्तालाई पूर्वाधार लगानी गर्न तरलता, खरिदबिकी्रमा सहजता जस्ता विषयहरु स्पष्टरुपमा कानुनी आवश्यक हुनाले पनि मौजुदा कानुनमा संशोधन गरेर यो उपलब्ध प्राप्त हुने अवस्था छैन । त्यसैले नयाँ कानुनको महशुस गरिएको छ ।’
अर्थमन्त्री पौडेलले व्यापारी, निजी गैरसरकारी तथा अनुदान र सहुलीयत ऋण सहायतालाई मिश्रण गरी समिश्रण वित्त परिचालन गर्ने व्यवस्था गरिने पनि बताए ।
यस्तै, बैठकमा राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले वैकल्पिक विकास वित्तले मुलुकभित्रकै स्रोतलाई प्रयोग गर्न सहज बनाउने बताए ।
बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञ तथा संशोधनकर्ता सदस्यहरुसँग छलफल गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।