शेयर बजारमा ४१ अंकको गिरावट

२०८२ श्रावण २० मङ्गलवार
सारांश
  • केहिदिन अघि सम्म तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ ।

काठमाडौं: साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको छ ।


आज नेप्से परिसुचक ४१.७८ अंकले घटेर २८३३.५७ बिन्दुमा झरेर रोकिएको छ । केहिदिन अघि सम्म तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ ।


यस दिन कुल ३२५ स्टकको ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएकाो छ । सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर कारोबार भएको थियो ।


आज सेन्सेटिभ इन्डेक्स ६.५१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.७७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.२६ अंकले घटेको छ ।


यसदिन समाज लघुवित्त र उन्नी सहकार्य लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २७४८.२० रुपैियाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेर २४९३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

 

यसदिन थ्रिस्टार लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९७.८५ रुपैयाँले घटेर ८८१.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर कम्पनीको शेयर मूल्य प्रतिकित्ता ७५.९३ रुपैयाँले घटेर ९५७.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।


यसदिन हिमालयन रिइन्स्योरेन्स लिमिटेड, ट्रेड टावर, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडर बुटवल पावर कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार