शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र असार ३२ देखि निष्कासन हुने

२०८२ असार २४ मंगलवार
सारांश
  • बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।

काठमाण्डौ : शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडलेको ऋणपत्र यहि असार ३२ गते देखि निष्कासन हुने भएको छ ।


बैंकले १ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । १० वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज भुक्तानी गरिने छ ।


निष्कासन गर्न लागिएको कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

 
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्कासन छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बन्द हुनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार