अर्थतन्त्रको गतिमा कमी, मौद्रिक नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल
२०८२ असार २३ सोमवार
- गभर्नर पौडेलले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माण गर्ने सरकारको चाहना रहेको बताउँदै अहिलेको अवस्था त्यस दिशातर्फ अग्रसर छ कि छैन भन्ने मूल्यांकन भइरहेको जानकारी दिए ।
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे ।
‘हामीसँग धेरै सम्भावना छन्, तर तीलाई व्यवहारमा उतार्न नसक्दा अर्थतन्त्र अघि बढ्न सकेको छैन,’ गभर्नर पौडेलले भने,‘कतिपय राम्रो नीति ल्याउने प्रयास हुँदा पनि दीगो विकासका लागि आवश्यक आर्थिक पूर्वाधार कमजोर भएका कारण कठिनाइ आएको छ ।’
उनले देश कसरी अघि बढाउने भन्ने सवालमा मोनेटरी नीति मात्रै होइन, भौतिक नीतिहरूको समेत महत्वपूर्ण भूमिका हुने धारणा राखे । ‘सबै कुरा मोनेटरी पोलिसीले मात्रै गर्ने भन्ने होइन, भौतिक नीति पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन जरुरी छ ।’ उनले भने ।
गभर्नर पौडेलले सामाजिक समावेशिता र समानतामूलक समाज निर्माण गर्ने सरकारको चाहना रहेको बताउँदै अहिलेको अवस्था त्यस दिशातर्फ अग्रसर छ कि छैन भन्ने मूल्यांकन भइरहेको जानकारी दिए ।
‘भौतिक नीतिले देखाएको बाटोमा मोनेटरी नीतिले पनि सँगै काम गरिरहेको हुन्छ’ उनले भने, ‘पछि गएर आपसी समर्थनको अभाव नहोस् भन्ने हिसाबले दुवै नीतिले तालमेल गर्नु आवश्यक छ ।’
उनका अनुसार नीति निर्माणका क्रममा दीर्घकालीन विकास, सामाजिक न्याय, र समावेशीकरणका पक्षलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
-
काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
-
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
-
सुनसरी घटनाका: उपचारको क्रममा अर्को एक जना युवकको मृत्यु
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।