आगामी वर्ष २०० वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको तयारी, अरु कुन कुन कार्यक्रम सञ्चालन हुँदैछन ?
२०८२ असार १८ बुधवार
- शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सुची सावर्जनि गर्ने क्रममा २०० वटा नयाँ झोलुङ्गे पुल, १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना रहेको जानकारी दिएको हो ।
काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा २०० वटा नयाँ झोलुङ्गे पुल निर्माण गर्ने तयारी गरेको छ ।
शहरी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी आवमा मन्त्रालयले गर्ने प्रमुख कामहरुको सुची सावर्जनि गर्ने क्रममा २०० वटा नयाँ झोलुङ्गे पुल, १०० वटा झोलुङ्गे पुल मर्मत, ४० वटा नयाँ सडक पुल निर्माण गर्ने योजना रहेको जानकारी दिएको हो ।
साथै, १३० वटा सडक पुल मर्मत, २४९ वटा सिँचाई आयोजना सम्पन्न गरी ३७०० हेक्टर जमिन सिंचित गर्ने, १०० कि.मि. सडक निर्माण र ३०० कि.मि. सडक कालोपत्रे गर्नुका साथै, ६० वटा÷स्थानीय तहका प्रशासकीय भवन निर्माण गर्ने मन्त्रालयले तयारी गरेको जनाएको हो । त्यसैगरी, उपत्यकाका नदि, खोला करिडोरमा १० कि. मि. सडक स्तरोन्नति गर्ने, उपत्यकाका विभिन्न २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा मन्त्रालयका योजनाका बारेमा बोल्दै मन्त्रालयका सहसचिव नारायण प्रसाद मैनालीले सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई समेत प्रमुख प्राथमिकताका साथ अघि बढाउने जानकारी दिए ।
उनले उपत्यकाका ४ स्थान– जितपुर फेदि, डुकुछाप, इशान नयाँ शहर, ताथबी चलाबु मा जग्गा एकिकरणको भौतिक विकास योजना स्विकृति भई जग्गा विकास कार्य सुरु गर्नुका साथै उपत्यकाको ब्यवस्थित शहरीकरणका लागि हरियाली प्रवर्दन, सचेतना, आकासे पानी संकलन, वन तथा पोखरी संरक्षण गरिने पनि जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।