मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

२०८२ असार १८ बुधवार
सारांश
  • बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए ।

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । 


बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए ।

 
उनले भने, ‘अगामी आर्थिक वर्षमा मलआयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । अगामी आर्थिक वर्षको मल आपुर्ती तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ ।’


यस्तै, उनले उन्नत बिउविजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभागअन्तर्गतका फर्महरुबाट विकास गरिएका उन्नत बिउहरु सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको पनि जानकारी दिएका छन् । 


स्वदेशी र स्थानीय बिउको प्रवद्र्धनका लागि एक सय ८० वटा स्थानीय तहका कृषकहरुलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको पनि उनको भनाई छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार