- बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ ।
बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’