‘व्यापारीलाई लाभ र नेतालाई कमिसन दिलाउने केबलकार आवश्यक छैन्’
२०८१ माघ २० गते आईतवार
- आइतबार पार्टी कार्यालय धुम्वराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेताहरुको शेयर सुनिश्चितता लागि जनतमाथि गोली चलाएर र दमन गरेर केबलकार अहिले बनाउन जरुरी नरहेको बताएका हुन् ।
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले व्यापारीको फाइदाको लागि र केही राजनीतिक नेताको कमिसनको लागि पाथीभरामा केबलकार निर्माण थालिएको आरोप लगाएका छन् ।
आइतबार पार्टी कार्यालय धुम्वराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेताहरुको शेयर सुनिश्चितता लागि जनतमाथि गोली चलाएर र दमन गरेर केबलकार अहिले बनाउन जरुरी नरहेको बताएका हुन् ।
उनले भने,‘अहिले देशमा एउटा घट्नाले ठूलो चर्चा पाइरहेको छ । पाथीभरामा केबुलकार बनाउन नाममा जुन प्रकारको ज्यादती सरकारले गरेको छ । म त्यसको निन्दा गर्न चाहन्छु । कुनै व्यापारीको फाइदाको लागि केही नेताको कमिसनको ,केही नेताहरुको शेयर सुनिश्चितताको लागि जनतमाथि गोली चलाएर दमन गरेर त्यो केबलकार अहिले बनाउन जरुरी छैन् ।’
त्यस्तै उनले केबलकारको निर्माण कार्य दमन तत्काल रोकेर त्यहाँको जनजीवनलाई सहज बनाउनसरकारको ध्यानाकर्षण गराए । सरकार यसप्रकारको व्यवसायिक विषय र व्यक्तिको लाभसँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रीत हुँदै गए राप्रपाले त्यसको प्रतिकार गर्ने पनि उनले बताए ।
उनले भने,‘त्यो आवश्यकता हो कि होइन, जनतालाई कति फाइदा गर्छ । र त्यसले त्यहाँको मौलिकताको संरक्षण गर्छ कि गर्दैन, परम्परामाथि आक्रमण हुन्छ कि हुँदैन् । त्यसको विश्लेषण गरेर मात्र यस्ता विषय अगाडि बढाउनुपर्छ । त्यसैले अहिले केबलकारको निर्माण कार्य तत्काल रोक्न र दमन रोकेर जनजीवनलाई सहज बनाउन जरुरी छ । भय र आतंकको वातावरण अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यदी सरकार यसप्रकारको व्यवसायिक विषयहरु व्यक्तिको लाभसँग सम्बन्धित विषयहरुमा मात्र केन्द्रीत हुँदै जाने र जनतालाई दमन गर्दै जाने हो भने राप्रपाले त्यसको प्रतिकार गर्छ ।’
त्यस्तै उनले आफ्नो जीवन यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा पनि छिर्नसक्ने दाबी गरे । उनले यो जीवनमा त के अर्को जीवनमा पनि भ्रष्टाचार नगर्ने प्रतिवद्धता जनाए ।
उनले भने,‘जुन मैले नेपाली राजनीतिमा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने मान्यता राखेर हिडेको छु । राप्रपाको आदर्शको रुपमा त्यो स्थापित भएको छ । फेरि एकचोटी जोड दिएर भन्छु, यति लामो जीवन यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिन भनेर जुनसुकै मन्दिरमा छिर्नसक्छु । त्यसैले यो जीवनमा त के राजेन्द्र लिङ्देनले अर्को जीवनमा पनि भ्रष्टाचार गर्ने छैन् ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
अर्थमन्त्री डा. वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।