नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स
२०८२ श्रावण ३१ शनिवार
- आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रुपमा लिएको छ ।
काठमाडौं: नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले १७ औं संस्करणको नाडा अटो शो प्रदर्शनीका लागि अति उच्च प्रविधिबाट बनेका ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं ल्याएको छ ।
आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डपको सार्वजनिक प्रदर्शनको लागि अत्याधुनिक युनिट्री रोबोट्स र डिपाल इभिटिओएल (भख्त्इी० फ्लाइङ ट्याक्सी सुरक्षित रूपमा काठमाडौं ल्याइएको हो ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।
आगामी हुने प्रदर्शनीलाई नाडाले नेपालमा प्रविधिको नयाँ सम्भावनाको रुपमा लिएको छ ।
‘१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ,’ विज्ञप्तिमा लेखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’