बलिवुडका चर्चित अभिनेता नाना पाटेकरको निधन

२२ असोज, २०८३
सारांश
  • भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा बिहीबार बिहान ५ बजेर २० मिनेटमा उनलाई गम्भीर हृदयघात भएको थियो ।

काठमाडौं : भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा बिहीबार बिहान ५ बजेर २० मिनेटमा उनलाई गम्भीर हृदयघात भएको थियो । 

 

गोवास्थित मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार नाना पाटेकरलाई बचाउन करिब ४५ मिनेटसम्म निरन्तर हृदय पुनर्जीवन प्रक्रिया गरिए पनि सफल हुन सकेन । घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र उनको शव परीक्षण गरिने जनाइएको छ ।

 

विश्वनाथ पाटेकरका रूपमा जन्मिएका नाना पाटेकरको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लामा भएको थियो । उनी अभिनेता मात्र नभई निर्माता, निर्देशक तथा लेखकसमेत थिए ।

 

उनले सन् १९७८ मा ‘गमन’ फिल्मबाट हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । ‘सलाम बम्बे!’ र ‘परिन्दा’ लगायतका चलचित्रबाट उनले अभिनयमा बलियो पहिचान बनाएका थिए । ‘परिन्दा’मा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार र चलचित्रफेयर पुरस्कार पाएका थिए।

 

‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन् ।

 

सन् १९९४ मा प्रदर्शनमा आएको ‘क्रान्तिवीर’मा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए । उनले आफ्नो अभिनयबाट तीन राष्ट्रिय चलचित्र पुरस्कार, चार चलचित्रफेयर पुरस्कार र दुई चलचित्रफेयर मराठी पुरस्कार प्राप्त गरेका थिए । सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मान गरिएको थियो ।

 

नाना पाटेकरले निर्देशनमा समेत काम गरेका थिए। उनले निर्देशन गरेको ‘प्रहार : द फाइनल अट्याक’ चर्चित चलचित्रमध्ये एक हो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार