बलिउड अभिनेता अर्जुन रामपालले गरे प्रेमिका ग्याब्रिएलासँग विवाह

२०८३ भाद्र ०७ आइतवार
सारांश
  • बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी ग्याब्रिएला डेमेट्रियाड्ससँग विवाह गरेका छन् ।

काठमाण्डौ, ०७ भाद्र । बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी ग्याब्रिएला डेमेट्रियाड्ससँग विवाह गरेका छन् । उनीहरूले शुक्रबार गोवामा कानुनी रूपमा विवाह दर्ता गराएका हुन् ।

 

उत्तरी गोवाको मापुसास्थित उपदर्ता कार्यालयमा पुगेर उनीहरूले विवाहको कानुनी प्रक्रिया पूरा गरेका थिए । स्थानीय कानुनअनुसार विवाह दर्ताका लागि पहिलो र दोस्रो हस्ताक्षरबीच १५ दिनको समय आवश्यक हुन्छ । तर, उक्त अवधि छुटाउन दुवैले स्थानीय अदालतका सहायक सरकारी वकिलबाट विशेष अनुमति लिएका थिए । उपदर्ता अधिकारी सूरज वर्नेकरका अनुसार विवाह गोवाको समान नागरिक संहिताअन्तर्गत दर्ता गरिएको हो ।

 

अर्जुन र ग्याब्रिएला सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए। अर्जुनले पूर्वपत्नी मेहर जेसियासँग सम्बन्धविच्छेद गरेपछि ग्याब्रिएलासँग उनको सम्बन्ध शुरु भएको थियो । विवाहअघि नै उनीहरूका दुई छोरा छन् । सन् २०१९ मा पहिलो छोरा एरिक र त्यसको चार वर्षपछि दोस्रो छोरा एरिभको जन्म भएको थियो । सन् २०२५ मा अर्जुनले ग्याब्रिएलासँग इन्गेजमेन्ट गरेको जानकारी दिएका थिए ।

 

यसअघि दुई सन्तान भइसके पनि विवाह नगर्नुको कारणबारे अर्जुनले आफूहरूबीचको सम्बन्धलाई कानुनी कागजभन्दा माथि राखेको बताएका थिए । उनका अनुसार आफूहरूबीच विवाहको भावनात्मक सम्बन्ध पहिल्यै स्थापित भइसकेको थियो ।

 

अर्जुन रामपालको पहिलो विवाह पूर्व सुपरमोडेल मेहर जेसियासँग सन् १९९८ मा भएको थियो । उनीहरूबाट दुई छोरी माहिका र मायरा छन् ।

 

करिब २० वर्ष सँगै रहेपछि उनीहरूले सन् २०१८ को मेमा अलग हुने घोषणा गरेका थिए । त्यसपछि सन् २०१९ को नोभेम्बरमा उनीहरूको कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार