चलचित्र 'लालीबजार' को रिलिजको बाटो खुल्यो

२३ बैसाख, २०८३, बुधवार
सारांश
  • बुधबार उच्च अदालत पाटनका  न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै चलचित्र लालीबजारको रिलिजको बाटो खुलेको हो ।

काठमाडौँ: चलचित्र 'लालीबजार' को रिलिजको बाटो खुलेको छ ।

 

बुधबार उच्च अदालत पाटनका  न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै चलचित्र लालीबजारको रिलिजको बाटो खुलेको हो ।

 

यसअघि वैशाख १५ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उक्त सिनेमा तत्काललाई प्रदर्शन नगर्न आदेश दिएको थियो । उक्त आदेशलाई अब निरन्तरता दिइरहन नपर्ने आदेश दिएको छ । बैशाख १८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको समयमा सो अल्पकालीन अन्तरिम आदेशका कारण प्रदर्शन रोकिएको थियो ।  

 

वादी समुदायको तर्फबाट रोशनी नेपालीले चलचित्र प्रदर्शन रोक्न माग गर्दै रिट दायर गरेकी थिइन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार