- दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनित फिल्म 'जन नायगन' अनलाइनमा लिक भएको छ ।
काठमाण्डौ, २९ चैत्र । दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनित फिल्म 'जन नायगन' अनलाइनमा लिक भएको छ । फिल्मकी मुख्य अभिनेत्री पूजा हेगडेले घटनालाई दुःखद भन्दै दर्शकलाई हलमै गएर हेर्न आग्रह गरेकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत चलचित्र केवल मनोरञ्जन नभई हजारौं व्यक्तिको मेहनत, सिर्जनशीलता र त्यागको परिणाम हुने बताएकी छन् । लिक जस्ता घटनाले प्राविधिक र कलाकारको सम्मानमा ठेस पुग्ने उनको भनाइ छ । पूजाले दर्शकलाई पाइरेसीलाई प्रोत्साहन नगर्न र ठूलो पर्दामै फिल्मको मजा लिन अपिल गरेकी छन् । यसअघि पनि रजनीकान्त, चिरञ्जीवी, सूर्या र सिवकार्तिकेयन लगायत कलाकारहरूले लिकप्रति असन्तुष्टि जनाइसकेका छन् ।
फिल्म निर्माताहरूले कडा विज्ञप्ति जारी गर्दै यो गम्भीर डिजिटल पाइरेसीको घटना भएको बताएका छन् । दोषीमाथि कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।
विवाद बढिरहेका बेला फिल्मको आधिकारिक प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । यद्यपि ठूलो स्तरमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ । यो चलचित्रलाई थलापति विजयको अन्तिम फिल्मका रूपमा समेत हेरिएको छ । अनौपचारिक रूपमा भने सन् २०२६ जुन २२ मा, उनको ५२औँ जन्मदिनको अवसरमा प्रदर्शन हुन सक्ने चर्चा छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’