- आज दुई नेपाली फिल्म रिलिज भएका छन् । आज रिलिज हुने फिल्ममा 'कुमारी' र 'रमिताको पिरती' रहेका छन् ।
काठमाण्डौ, २३ माघ । आज दुई नेपाली फिल्म रिलिज भएका छन् । आज रिलिज हुने फिल्ममा 'कुमारी' र 'रमिताको पिरती' रहेका छन् ।
दिनेश राउतले निर्देशन गरेको फिल्म ‘कुमारी’मा प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन् । प्रेममा आउने आरोह अवरोधको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।
सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाए पनि फिल्मलाई बलिवुड फिल्म 'सैयारा' को कपिको ट्याग लागेको छ । तर निर्देशक राउतले यसलाई सतही टिप्पणी भनेर खारेज गरेका छन् । उनले फिल्मको कथा निकै फरक भएको र फिल्म हेरेपछि त्यो भ्रम हट्ने बताएका छन् ।
त्यस्तै आज रिलिज भएको अर्को फिल्म ‘रमिताको पिरती’ सुदेप्ताको निर्देशनमा बनेको हो । उनको यो डेब्यू फिल्म हो । यस फिल्मकी कार्यकारी निर्मातामा अभिनेत्री आना शर्मा रहेकी छन् । यस फिल्ममा आनासहित धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ मुख्य भूमिका रहेको छ ।
युवा प्रेमकथामा आधारित यो फिल्ममा अन्य कलाकारहरुमा पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायतको अभिनय छ । यही फिल्मबाट गायक समीरले पनि अभिनयमा डेब्यू गर्दैछन् । फिल्म प्रेममा धोका पाएपछि युवतीले आफैसँग गर्ने संघर्षको कथामा आधारित रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।