१४औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
२०८२ माघ ०३ शनिवार
- महोत्सवको उद्घाटन समारोहमा शुक्रवार चलचित्र ‘परान’ प्रदर्शन गरिएको थियो । शुक्रवार नै बंगलादेशको फिचर चलचित्र ‘मेमोरी अफ ग्लुमी मनसुन’ पनि देखाइएको थियो ।
काठमाडौँ: काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डको प्रांगनमा शुक्रवारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुक्रवार संयुक्त रूपमा गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव सुरु भएको हो ।
यो महोत्सव विभिन्न कार्यक्रम सहित चलचित्र विकास बोर्डमा आगामी ५ माघसम्म जारी रहने महोत्सव निर्देशक डब्बु क्षत्रीले उद्घाटन समारोहमा जानकारी गराए ।
महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिनेछ । महोत्सवमा १० जना विदेशी फिल्मकर्मीको सहभागिता रहेको छ ।
सो महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित्र मार्फत जोड्दै आएको बताए । बोर्डले विभिन्न सिपमूलक प्रशिक्षण दिँदै आएको जानकारी गराउँदै अध्यक्ष डिसीले बोर्डको सहकार्यमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि यस पटक चलचित्र नृत्य कार्यशाला आयोजना हुनु सुखद पक्ष भएको बताए । उनले महोत्सवको सफलताको शुभकामना दिँदै यस्ता महोत्सवले चलचित्रको विकास र विस्तारमा ठुलो सहयोग पुग्ने भनाई कार्यक्रममा राखेका थिए ।
कुलपति हार्तम्छालीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवले विश्वभरका कलाकर्मीबिच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताए । कुलपति हार्तम्छालीले ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट महोत्सव स्थलमा ‘फिल्म, संस्कृति र प्रकृति’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुँदै त्यसबारे उपस्थित फिल्मकर्मीलाई जानकारी गराएका थिए ।
महोत्सवको उद्घाटन समारोहमा चलचित्र प्रदर्शक एवम् नेपाल चलचित्र संघ काठमाडौँ उपत्यकाका सभापति दुर्गालाल प्रधानलाई चलचित्रकर्मी रजत सम्मानबाट सम्मानित गरिएको थियो भने नृत्य कोरियोग्राफर संदीप भुजेल पनि सम्मानित भएका थिए ।
महोत्सवको उद्घाटन समारोहमा शुक्रवार चलचित्र ‘परान’ प्रदर्शन गरिएको थियो । शुक्रवार नै बंगलादेशको फिचर चलचित्र ‘मेमोरी अफ ग्लुमी मनसुन’ पनि देखाइएको थियो । सोमबारसम्म जारी रहने यो महोत्सवमा नेपालबाट २० वटा लामा छोटा चलचित्र छन् । जसमा नेपाली कथानक चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’, ऋषी लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ तथा नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ रहेको छ । यस्तै वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोटमा परेका छन् । यस्तै तीन आदिवासी चलचित्र, चार विद्यार्थी चलचित्र र पाँच लघु चलचित्र छन् ।
विदेशी तर्फ १९ देशका २३ चलचित्र छन् । जसमा अन्तर्राष्ट्रिय समूहअन्तर्गत कथानक फिल्मतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एस्टोनियाको ‘अटिस्ट अफ सर्वाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् । शनिवार महोत्सवमा बिहान ९: ३० बजेबाट बेलुका ७: ३० सम्म नियमित चलचित्र प्रदर्शन तथा मास्टर क्लास रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सरकारी जग्गा निजी व्यक्तिको नाममा गर्ने मालपोतका नासुसहित तीन जनाविरुद्ध मुद्धा
-
राष्ट्रिय सभामा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन (पूर्ण पाठ)
-
मन्त्री छोडेर चुनाव लड्न जानु बेइमानी होइन- प्रधानमन्त्री कार्की
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न ७ जना पक्राउ
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।