- प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
काठमाडौं : नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ ।
प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ ।
फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश डिसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम, सविन बाँस्तोलालगायत कलाकारहरूको अभिनय छ । गोमन सिंह निर्माता रहेको ‘मुगलान’ को सह–निर्माता रीता चौधरी हुन् ।
नेपालमा नयाँ फिल्म रिलिज शुक्रबार गर्ने परम्परा भएपनि चाडपर्व तथा विशेष समय जुनै अन्य बार पनि रिलिज हुनेगर्छ । ‘मुगलान’ क्रिसमसको अवसर पारेर प्रदर्शनमा आएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’