- चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् ।
काठमाडौं: बहुप्रतिक्षित नेपाली चलचित्र ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँबाट छायांकन सुरु गरिएको हो ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्ने चलचित्रको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ ।
कपनगढी सिनेमा प्रालिको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रको छायांकन विष्णु घिमिरे ‘कल्पित’ ले गरिरहेका छन् ।
चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समिक्षा देउजा, निर्माण नियन्त्रक ईश्वर घिमिरे हुन् ।
स्थानीय संस्कृति, कथा र परिवेशलाई समेट्दै निर्माण टिमले निरन्तर छायांकन अघि बढाइने निर्माण टिमको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।