निर्देशनमा नौं बर्षपछि फर्किए भुवन केसी, 'बाटुलो जुन' बनाउदै
२०८२ मङ्सिर ०८ सोमवार
- केसीले फिल्म ‘बाटुलो जून’ मार्फत निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । फिल्मको गत शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहुर्त गरेर छायांकनको औपचारिक सुरुआत गरिएको छ ।
काठमाडौँ : अभिनेता भुवन केसीले ९ वर्षपछि निर्देशनमा पुनरागमन गरेका छन् ।
केसीले फिल्म ‘बाटुलो जून’ मार्फत निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । फिल्मको गत शुक्रबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहुर्त गरेर छायांकनको औपचारिक सुरुआत गरिएको छ ।
सनराइज पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा अनमोल केसी, नेन्सी खड्का र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहनेछ । फिल्ममा प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना लगायतको पनि अभिनय रहनेछ ।
केसीले पछिल्लो पटक फिल्म ‘ड्रिम्स’ निर्देशन गरेका थिए । त्यस्तै, अनमोलले बुबा (भुवन केसी) कस फिल्म ‘चिनो’, ‘सम्झना’, ‘कुसुमे रूमाल’ जस्ता फिल्ममा निभाएको भूमिका र ती फिल्महरूमा देखिएको लुक्समै आफू प्रस्तुत हुन लागेकाले बुबाकै विरासत धान्ने गरि फिल्ममा जोडिएको प्रतिक्रिया दिएका छन् ।
जीया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मको छायांकन काठमाडौंसँगै ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा ४५ दिनसम्म हुनेछ । फिल्ममा तेजबिक्रम केसी कार्यकारी निर्मातामा छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विदेशी मुद्राको सटहीदर: २०८३ मङ्सिर १३ आइतबार
-
आजको राशिफल: वि.सं. २०८३ मङ्सिर १३ गते आइतबार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।