अभिनेता धर्मेन्द्रको निधनले बलिउड शोकमा, घाटमा पुगे स्टार कलाकार
८ मार्ग, २०८२, सोमवार
- ‘पुस्ताहरूलाई प्रेरणा दिनुभएकोमा धन्यवाद । तपाईं आफ्ना चलचित्रहरू र तपाईंले फैलाएको प्रेममार्फत जीवित रहनुहुनेछ। ओम शान्ति,! अक्षयले इन्स्टाग्राममा भनेका छन् ।
काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । समाचार एजेन्सी एएनआईका अनुसार सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
धर्मेन्द्र लामो समयदेखि बिरामी थिए । सन् १९६० बाट अभिनय यात्रा सुरु गरेका धर्मेन्द्रले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।
धर्मेन्द्रको निधनको खबर पुष्टि भएदेखि उनीप्रति ख्यातीप्राप्त कलाकारदेखि शुभेच्छुकहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । अभिनेता अक्षय कुमारले नयाँ पुस्तालाई प्रेरणा दिने कलाकाकारका रुपमा स्मरण गरे ।
‘पुस्ताहरूलाई प्रेरणा दिनुभएकोमा धन्यवाद । तपाईं आफ्ना चलचित्रहरू र तपाईंले फैलाएको प्रेममार्फत जीवित रहनुहुनेछ। ओम शान्ति,! अक्षयले इन्स्टाग्राममा भनेका छन् ।
आफ्नो इन्स्टाग्राम पोस्टमा, अभिनेत्री सुष्मिता सेनले धर्मेन्द्रलाई एक अविश्वसनीय मानवको रूपमा वर्णन गरिन् । धर्मेन्द्रको निधनको खबरले फिल्म उद्योगका धेरै सदस्यहरूले उनलाई बलिउडका ‘ही म्यान’ भनेर सम्बोधन गरेका छन् ।
धर्मेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन विले पार्लेको पवन हंस घाटमा असंख्य कलाकारहरु पुगेका छन् । मेगास्टार अमिताभ बच्चन, उनका छोरा अभिषेक बच्चनदेखि लिएर लेखक सलीम खान र उनका छोरा सलमान खानसम्म अन्तिम संस्कारमा पुगेका थिए ।
त्यस्तै अक्षय कुमार, आमिर खान, अनिल कपूर, जायद खान, संजय दत्त र सिद्धार्थ रोय कपूरले पनि अन्त्येष्टिमा धर्मेन्द्रलाई श्रद्धाञ्जली अर्पण गरे। त्यस्तै, हेमा मालिनी र उनकी छोरी इशा देओल घाटमा पुगेका थिए ।
‘शोले’, ‘चुपके चुपके’, ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘प्रतिज्ञा’लगायत दर्जनौँ सदाबहार काम गरेका धर्मेन्द्र दर्जनौं प्रतिष्ठित अवार्ड जितेका छन् ।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट अवार्ड जितेका धर्मेन्द्रलाई भारत सरकारले सन् २०१२ मा पद्मभूषणबाट सम्मान गरेको थियो ।
१९६० मा चलचित्र ‘दिल भी तेरा हम भी तेरे’बाट सिनेयात्रा सुरु गरेका धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पञ्जाबको नसरालीमा भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’