अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव
२०८२ मङ्सिर ०४ विहिवार
- बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् ।
काठमाडौं: चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् ।
बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ । जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ । त्यसमा पनि विभिन्न चरणहरुपनि एक–एक पटक मात्र आउँछ । अहिले जुन उमेर समूहमा हुनुहुन्छ त्यसमा १०÷१५ वर्षपछि त्यो रहन्न । जीवनको उद्देश्य भनेकै यही हो । त्यसैले अनुभवहरुबाट सिकाइ लिन, आफ्नो व्यक्तित्व निर्माण गर्न सकिन्छ ।’
हमालले हाल नेपाल संवेदनशील समयबाट गुज्रिरहेको पनि बताए । उनले सबैलाई आफ्नो राष्ट्र महान लागेपनि हरेक राष्ट्रको आफ्नो हैसियत हुने भन्दै हैसियत अनुसार व्यहार हुनु तितोसत्य रहेको समेत बताए ।
‘आज हामी असाध्यै संवेदनशील समयबाट गुज्रिरहेका छौ । अब हामी कसरी अगाडि जान सक्छौ भन्ने कुरामा डराइरहेका छौ । नयाँ तरिकाबाट नै जानुपर्छ । तर तितोसत्य के छ भने हामीलाई आफ्नो राष्ट्र महान लागेपनि संसारको परिस्थितीमा हरेक राष्ट्रको आफ्नो हैसियत पनि हुन्छ । त्यो तितोसत्य हो,’ उनले थप भने, ‘हामीलाई नेपाल राष्ट्र जतिसुकै महान सुन्दर लागेपनि अन्तर्राष्ट्रिय रुपमा एउटा हैसियत छ । त्यही हैसियत अनुसार आफुले आफुलाई सञ्चालन गर्नुपर्छ ।’
त्यही हैसियत अनुसार सामाजिक, राजनीतिक, आर्थिक परिवेशलाई अगाडि बनाउनु पर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।