भारतीय चर्चित युट्युबर भुवन बाम धर्मा प्रोडक्सनबाट बलिवुडमा डेभ्यु गर्दै
२०८२ कार्त्तिक ०९ आइतवार
- भुवनले धर्माको फिल्म 'कुकु की कुण्डली' मा देखिने भएका हुन् । भुवनले हालै धर्मा प्रोडक्सनसँग सम्झौतामा हस्ताक्षर गरेका छन् र आधिकारिक रूपमा आफ्नो डेब्यूको घोषणा गरेका छन् ।
काठमाडौँ : भारतीय चर्चित युट्युबर भुवन बामले बलिउडमा धर्मा प्रोडक्सनको फिल्ममा काम गर्ने भएका छन् ।
भुवनले धर्माको फिल्म 'कुकु की कुण्डली' मा देखिने भएका हुन् । भुवनले हालै धर्मा प्रोडक्सनसँग सम्झौतामा हस्ताक्षर गरेका छन् र आधिकारिक रूपमा आफ्नो डेब्यूको घोषणा गरेका छन् । भुवनले भनेका छन्- 'साथीहरू, सपना देख्नुस, ती साकार हुन्छन् । तपाईंहरूको सहयोग बिना यो सम्भव हुने थिएन । मलाई सधैं तपाईंको आशीर्वाद चाहिन्छ ।'
भुवन बाम यस फिल्ममा वामिका गब्बीसँगै देखिनेछन् । यो फिल्म शरण शर्माले निर्देशन गर्दैछन्, जसले यसअघि जान्हवी कपूर अभिनीत फिल्महरू 'मिस्टर एण्ड मिसेस माही र 'गुञ्जन सक्सेना: द कारगिल गर्ल' निर्देशन गरिसकेका छन् ।
बलिउडमा डेब्यू गर्नुअघि, भुवन बमले जियो हटस्टारको श्रृंखला 'ताजा खबर' बाट ओटीटी र अभिनयमा डेब्यू गरेका थिए ।
'कुकु की कुण्डली' फिल्मको अतिरिक्त, भुवन बमले अमेजन प्राइम भिडियोको आगामी शृंखला, 'द रिभोलुसनरी' मा पनि अभिनय गर्नेछन्, जुन २०२६ मा रिलिज हुने तालिका छ ।
जनवरी २२, १९९४ मा जन्मेका भुवन बामले २०१५ मा आफ्नो युट्युब च्यानल सुरु गरे। उनले 'टिट्टु मामा, बब्लु, बन्चोडदास, अद्रक बाबा, मिस्टर होला, र पापा माकिचु' जस्ता पात्रहरू खेल्दै प्रसिद्धि हासिल गरे ।
उनको बढ्दो लोकप्रियताको कारण, भुवनलाई दिव्या दत्तसँग छोटो फिल्म प्लस माइनसमा कास्ट गरियो, जसको लागि उनले फिल्मफेयर पुरस्कार पनि प्राप्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’