यस्तो छ चलचित्र बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरको अहिलेसम्मको कमाई
२०८२ असोज २५ शनिवार
- चलचित्र विकास बोर्डले तीनवटै फिल्मको असोज २३ गते रातिसम्मको ग्रस कमाई सार्वजनिक गरेको हो ।
काठमाडौँ, २५ असोज । असोज १३ गते दशैँमा प्रदर्शनमा आएका तीन चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ को पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डले तीनवटै फिल्मको असोज २३ गते रातिसम्मको ग्रस कमाई सार्वजनिक गरेको हो ।
एकै दिन रिलिज भएका तीन फिल्म मध्ये ‘बलिदान’ ले सबैभन्दा बढी ४ करोड ४२ लाख ग्रस कमाई गरेको छ । सन्तोष सेनको निर्देशनमा बनेको यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायतको अभिनय रहेको छ ।
त्यस्तै अर्को फिल्म ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड ९० लाख ग्रस कमाई गरेको छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको 'हरिबहादुरको जुत्ता' मा अभिनेता हरिबंश आचार्यसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतको अभिनय रहेको छ ।
त्यस्तै, अर्को फिल्म ‘माइतीघर’ ले २ करोड ८५ लाख ग्रस कमाई गरेको छ । मिलन तामाङले निर्देशन गरेको यस फिल्ममा केदार घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायतको अभिनय रहेको छ ।
यसरी अहिलेसम्म तीन फिल्मले कुल ११ करोड १७ लाख ग्रस कमाइ गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
-
अब पार्टीभित्र फोहोर सभा गरेर अगाडी बढ्छौं- गगन थापा
-
दसैँ र तिहारमा वालेटमार्फत दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’