- आज फिल्म माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता प्रदर्शनमा आएका छन् ।
काठमाडौँ, १३ असोज । आज बडादशैँको फूलपातीमा नेपाली बक्स अफिसमा त्रिपक्षिय भिडन्त रहेको छ । आज फिल्म माइतीघर, बलिदान र हरिबहादुरको जुत्ता प्रदर्शनमा आएका छन् ।
तिनै चलचित्रको अग्रिम टिकट बुकिङ र प्रदर्शनका हिसाबले फिल्म ‘बलिदान’ अगाडि देखिएको छ । बलिदानले दुई सयभन्दा बढी शो पाएको छ छ भने कैयौं शो अग्रिम बुकिङमै हाउसफुल भएका छन् । सन्तोस सेन निर्देशित बलिदानमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायतको अभिनय रहेको छ ।
त्यस्तै फिल्म माइतीघरले देशभर डेढ सयभन्दा बढी शो पाएको यो फिल्मको अग्रिम टिकट बुकिङको अवस्था सन्तोषजनक रहेको छ भने अग्रिम बुकिङमा केहि शो हाउसफुल भएका छन् । मिलन तामाङले निर्देशन गरेको माइतीघरमा केदार घिमिरे, प्रकाश सपूत, धीरज मगर, उपासना सिंह ठकुरीलगायतको अभिनय रहेको छ ।
त्यसैगरी आजदेखि प्रदर्शन भएको चलचित्र हरिबहादुरको जुत्ताको पनि अग्रिम टिकट बुकिङ राम्रो रहेको छ । दीपेन्द्र के. खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’