‘के घर के डेरा : घर नं २’मा खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया
२०८२ जेठ ४ आइतबार
- शनिबार देश भरका हलमा यो चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा ः घर नं २’ चलेको हो ।
काठमाडौं : प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा ः घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ ।
शनिबार देश भरका हलमा यो चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा ः घर नं २’ चलेको हो ।
‘आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो । हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,’ निर्देशक दीपेन्द्र के खनालले भने ।
चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए । निर्देशक खनाल भन्छन्, ‘कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ । सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ ।’
चलचित्रको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित बनाएको बताए ।
‘दर्शकले पशुपतिप्रसादपछि कै सबैभन्दा राम्रो काम यो चलचित्रमा देखियो भन्नुभएको छ,’ खगेन्द्र भन्छन्, ‘दोस्रो दिनबाटै आएको यो साथ र प्रेम हाम्रो टिमका लागि खुसीको कुरा हो ।’
चलचित्रले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै गएको छ । त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालले बताए ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र शुक्रबारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।
‘के घर के डेरा ः घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा ः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।