दयाहाङको मुख्य भूमिका रहने ‘मितज्यू’बाट नेपाली सिनेमामा डेव्यु गर्दै तेरिया

२०८१ फागुन २८ बुधवार
सारांश
  • भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।


काठमाडौं : अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘मितज्यू’को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री तेरिया फौजा मगर अनुबन्धित भएका छन् । 


भारतीय रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता मगरले नेपाली रजतपतमा डेव्यु गर्न लागेकी हुन्।


यसअघि तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् । उनको प्रवेशसँगै सिनेमाको चर्चा बढ्ने देखिन्छ । 


नेपाली दर्शक तेरियालाई नेपाली सिनेमामा अभिनय गरेको हेर्न चाहन्थे । उनले समाजिक सञ्जालमा पोस्ट गर्न तस्वीमा यस्ता प्रतिक्रिया प्रशस्त देख्न पाइन्छ । उनले नेपाली सिनेमा ‘मितज्यू’मा अभिनय गर्ने कन्र्फम भएसँगै यो सिनेमा दर्शकको प्रतिक्षामा रहनेछ ।


जनक घर्ती मगरको लगानीमा निर्माण हुने सिनेमाका लागि दयाहाले दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । उनीहरुले यसअघि यसवर्षको सुपरहिट सिनेमा ‘घरज्वाइँ’मा काम गरेका थिए । गत असार २८ गते प्रदर्शकमा आएको सिनेमाले ५१ औं दिन मनाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो ।


जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार को–को कलाकार रहने निर्माण टिमले सार्वजनिक गरेको छैन ।


आगामी वर्षको चैत २७ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा भैसकेको छ । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार