- आज भने बिहानै देखि पल शाह काठमाडौंका हलहरुमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।
काठमाडौं: आज (बुधवार)देखी रिलिजमा आएको फिल्म ‘मायावी’ले बिहानैबाट दर्शकको उत्साहजनक साथ पाइरहेको छ ।
फिल्मका मुख्य अभिनेता पल शाह ‘मोहर’ फिल्मको छायांकनका क्रममा रोल्पा पुगेकाले फिल्मको प्रीमियरमा उपस्थित हुन सकेका थिएनन् । आज भने बिहानै देखि पल शाह काठमाडौंका हलहरुमा पुगेर प्रतिक्रिया लिइरहेका छन् ।
फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु, प्रस्तुति र कलाकारहरुको अभिनयले आफूहरुको मन छोएको कारण भावुक बनेको बताए भने केहीले फिल्मको पहिलो भन्दा पनि बढि दोस्रो पार्टले बढि मन छोएको बताए ।
अभिनेता शाहले फिल्म प्रदर्शनमा आएको पहिलो दिनमा नै उत्साहजनक उपस्थिति भएको भन्दै दर्शकलाई धन्यवाद दिए ।
उनले भने,‘पहिलो दिनको यो उत्साह जनक उपस्थितिको लागि एकदमै मुरीमुरी धन्यवाद सम्पुर्ण दर्शकहरुलाई ।’
यस्तै अभिनेत्री दिपिका प्रसाईले पनि धेरै वर्ष पछि धेरै राम्रो लब स्टोरीमा अधारित मायावी बनेको प्रतिक्रिया आएको भन्दै एकदमै खुसी लागेको बताईन् ।
उनले भनिन्,‘यस्तो लब स्टोरी धेरै बर्ष पहिले हेरिएको थियो भन्ने प्रतिक्रिया आयो त्यसले एकदमै खुसी लागेको छ । किनभने हामीले त्यही नै भाव अडियन्सलाई बुझाउन खोजेको बुझन्नु भएछ । यही माया र साथ सपोर्टको आवश्यकता थियो त्यो पाए ।’
त्यस्तै अभिनेता समिम खानले आफूहरुले माया नै मायाले भरिपुर्ण गरेर पस्केको मायावीलाई दर्शकले पनि अर्गानिक माया दिएको धारणा राखे ।
उनले भने,‘यो फिल्म सबैले मन पराइदिनु भयो मायावी माया नै मायाले भरिपुर्ण गरेर पस्केका थियौ त्यसलाई मायाका साथ स्वीकार्नु भयो । यो अर्गानिक माया हो । लप्पनछप्पन केही छैन यसमा हार्ट टु हार्ट कनेन्ट भैईरहेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।