चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८१ माघ २३ गते बुधवार
सारांश
  • शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो ।

काठमाडौं:  नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।


शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो । 


प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो पाठ सिकाएको बताईन् । 


दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण सिनेमा पन पराउँने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताईन् ।


उनले भनिन्,‘म पनि स्वयम् आमा भएको कारणले पनि चलचित्रबाट मैले मेरो लागि ठूलो पाठको रुपमा पनि लिएको छु । हरेक सिनेमा जोखिम हो भन्छु । अहिलेको समयमा पनि दर्शकले विभिन्न खालको सिनेमा खोजिरहनु भएको छ । भन्न नै सकिन्न कुन सिनेमा ले के कस्तो गर्छ भनेर त्यसैले जोखिम त लिएकै हो ।’ 


त्यस्तै नायक उत्पल झाले बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा राम्रो बनेको कारण परिवार नै गएर हेर्न आग्रह गरे । । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर आफू एकदमै उत्साहित भएको पनि बताउँछन् । 


उनले भने,‘बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा मिठो बनेको छ ।सबै परिवार सहित आएर हेर्न सक्नुहुने छ । सबै वर्गसँग सम्बन्धित छ । अविभाबक,शिक्षा वर्गका साथै साना बालबच्चाले पनि सजिलै बुझ्न सक्ने सिनेमा बनेको छ । एकचोटी आएर हेर्नुहोस् र हामीलाई सुझाव दिनुहोस् । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर एकदमै उत्साहित छु ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार