‘घरज्वाइँ’ निर्माणले घोषणा गर्यो ’मितज्यू’

२०८१ माघ २१ गते सोमबार
सारांश
  • सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ ।

काठमाडौं: फिल्म ‘घरज्वाइँ’ निर्माण समूहले ‘मितज्यू’ निर्माणको घोषणा गरेको छ । 
बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारे जनक घर्ती मगरको लगानी र अनिल बुढा मगरको निर्देशन रहने सिनेमा ‘मितज्यू’ घोषणा गरिएको हो ।


सोमबार सार्वजनिक सिनेमाको पेन्टिङ्ग थिम पोस्टरमा दुई पात्रलाई एक सामान बोकन भ्यान अगाडी हातको पञ्जा जुधाई रहेको अवस्थामा प्रस्तुत गरिएको छ । 


भ्यानको माथी खसी र खसीको टाउकोमा कुखुराको भालेलाई देख्न सकिन्छ । सिनेमाको सार्वजनिक थिम पोस्टरबाट ‘मितज्यू’को कथावस्तु बारेमा जानकारी दिइएको छ ।


यो वर्ष रिलिज भएको ‘घरज्वाइँ’ बक्सअफिसमा हिट भएपछि सोही टिमले निर्माण गर्न लागेको सिनेमा वर्ष २०८२ को चैत्र २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।


यो वर्ष ५१ औं दिन मनाउने सिनेमा सूचीमा ‘घरज्वाइँ’ पर्छ । जुन सिनेमाले दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सिनेमालाई नेपालमा आरआर फिल्मले वितरण गर्नेछ ।


जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । अर्को वर्षको छायांकन हुने सिनेमामा को–को कलाकार रहने भन्ने निर्माण टिमले सार्वजनिक गरेको छैन् ।


केही दिनपछि बाट सिनेमाको कास्ट एण्ड क्रिउको बारेमा जानकारी दिँदै जाने निर्माता जनक घर्ती मगर बताउँछन् । महेश राईको लेखन रहेको सिनेमाका प्रोडक्सन कन्ट्रोलर धन बहादुर राई हुन् । नोभिस आट्र्सले डिजाइन गरेको पोस्टरको पेन्टिङ्ग पुष्प आले मगरले गरेका हुन् ।  

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार