- पेसाले आयुर्वेदिक स्वास्थ्यकर्मी दाहाल गीत, कविता सिर्जना एवं कला विधामा रमाउँदै हुर्किएका हुन् । उनलाई कवितामा जीवनदर्शन हुनुपर्छ भन्ने लाग्छ ।
‘प्रिय दुश्मन !
तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरु खोज्ने थिइनँ सायद
एउटा बाटो तिमीले छेक्दा
आज सयौँ बाटाहरु छन् मेरा अगाडि’
कवि अर्जुनबाबु दाहालको कविताकृति ‘हिँड्न बाँकी बाटाहरु’को प्रिय दुश्मन शीर्षकबाट लिएको कविताको एक हरफ हो यो । पेसाले आयुर्वेदिक स्वास्थ्यकर्मी दाहाल गीत, कविता सिर्जना एवं कला विधामा रमाउँदै हुर्किएका हुन् । उनलाई कवितामा जीवनदर्शन हुनुपर्छ भन्ने लाग्छ ।
“गद्य शैलीमा लेखिएको रचनामा जीवनवादी दृष्टिकोण स्पष्ट रुपमा देखिएको छ”, साहित्यकार चन्द्र ढकालले भने, “आमाको काख र गाउँप्रति मोह प्रस्तुत गर्दै सबै मानिसहरु नैतिकवान हुनुपर्नेतर्फ इङ्कित गरेर मानिसमा निच प्रवृति हटाउनुपर्नेमा जोड दिइएको छ ।” कवि दाहालको उक्त कृतिमा ५६ वटा कविता छन् । कवितामा शील्प, दृष्टिकोण, वस्तुहरुको संयोजन, अतित मोह देखिन्छ ।
“कवितामा तुलसी, नीम, यार्सागुम्बा, जेठीमधुजस्ता जडीबुटीका विषयवस्तु समेटिएका छन्”, साहित्यकार भारती न्यौपानेले भने, “रचनामा वर्गीय चेत पनि देखिएको छ, निम्न र माथिल्लो वर्गले भोग्नुपरेका पीडालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।”
साहित्यकार हेम भण्डारीलाई कवितामा जीवन्त र मौलिक विचार हुनुपर्छ भन्ने लाग्छ । “कवितामा मौलिक विचार हुनुपर्छ, त्यो अनुरुप दाहालका कविता मौलिक र व्यावहारिक ज्ञानमा आधारित छन्”, उनले भने, “आयुर्वेदिक चिकित्सकका रुपमा उनले रचना गरेका कविता जीवन उपयोगी छन् ।”
कवितामा चिन्ता, चिन्तन र चैतन्य सबै भएको आफूलाई अनुभव भएको सुनाउँदै साहित्यकार डा नवराज लम्सालले भने, “उज्यालो खोज्दै गाउँबाट सहर पस्नेहरुको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तैउस्तै पाउँछु, मनोद्वन्द्व कै दलदलमा सृजनाको लत बस्यो भने सृजनाकै सिर्कनाले हृदयमा हान्छ र दुख्छ पनि ।”
नाटकार पुरु लम्साल, साहित्यकार युवराज नयाँघरे, कवि निमग्ना घिमिरेले दाहालका कविता जीवन उपयोगी भएको अनुभव सुनाएका थिए । ‘कलमका साथी’ नामक संस्थाले उक्त कृतिमाथिको विमर्श गरेको थियो । लेखक कवि दाहालले आफ्नो कर्म र भोगाइका अनुभवलाई प्रकाशन गर्न पाउँदा खुसी व्यक्त गरे । “मैले धेरै कविता लेखे, यस्तो पनि कविता हुन्छ भनेर कति च्यातेर फाले”, उनले अनुभव सुनाए, “मैले लेखेका कविता आज प्रकाशन गरेर छलफल गर्न पाउँदा खुसी लाग्यो ।”
सङ्खुवासभामा जन्मिएका कवि दाहाल पेसा र लेखनमा फरकफरक बाटोमा आफूलाई हिँडाइरहेका छन् । उनका फुटकर गीत, कविता, समसामयिक समीक्षा र समालोचनाहरु प्रकाशन भइसकेको छन् । उनले गीत सङ्ग्रह प्रकाशन गर्ने तयारी गरिरहेका छन् । कवि दाहाललाई जीवन अमूल्य भएको हुँदा आत्महत्याको बाटो रोज्नुहुँदैन भन्ने लाग्छ । जसलाई उनले कवितामार्फत उनले यसरी व्यक्त गरेका छन्।
‘तिमी आत्महत्याको बाटो लाग्नुअघि सम्झ त
तिमी नहुनु भनेको बालाई के नहुनु हो ?
आमालाई के नहुनु हो ?
तिमी पनि त ईश्वरको अंश को
अंश आफैँ असमयमा झरेर जाँदा
ईश्वरलाई के हुनु हो ?’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।