फागुन ९ गते रिलिज हुने ‘ताण्डवम्’ को पोस्टर सार्वजनिक
२०८१ माघ १ गते मंगलवार
- महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमाले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ ।
काठमाडौं: जुनिम गहतराजको निर्देशनमा भएको सिनेमा ‘ताण्डवम्’को पोस्टर रिलिज सहित प्रदर्शन मिति घोषणा गरिएको छ ।
मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै सिनेमा फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारहरु क्यारेक्टर लुक्समा प्रस्तुत छन् । पोस्टरमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराज प्रस्तुत छन् । यो सिनेमाबाट कलरिस्ट जुनिमले निर्देशनमा डेब्यु गरेका हुन् । कमल कार्की र गोपाल कटुवालको पनि सिनेमामा अभिनय रहेको छ ।
महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमाले नाम जस्तै धार्मिक कनेक्सन पनि रहेको निर्माण टिमले जानकारी दिएको छ ।
एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानेको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।
हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।