मनको आँखा सार्वजनिक हुँदै

२०८१ पुष २४ गते बुधवार
सारांश
  • नेपाल आईडल 'फर्स्ट रनरअप' निशान भट्टराईको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रभात पल ठकुरी र दिपा खड्कालाई देख्न सकिनेछ ।

लेखक अनिल चापागाईंले रचना गरेको 'मनको आँखा' बोलको गीत यहि शुक्रबार २६ गते सार्वजनिक हुँदैछ। शुक्रबार ३ बजे सागर अधिकारी युटुब च्यानल मार्फत सार्वजनिक हुनेछ ।

 

नेपाल आईडल 'फर्स्ट रनरअप' निशान भट्टराईको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रभात पल ठकुरी र दिपा खड्कालाई देख्न सकिनेछ ।

 

प्रेमकथामा आधारित गीत युवा पुस्ता लक्षित गरि लेखिएको चापागाईंले बताए। गीतमा प्रेमजोडिको प्रेमिल सम्बन्धको व्याख्या गर्न खोजिएको छ। गीतसंगै म्युजिक भिडियोमा पनि निक्कै मिहेनत गरेर गीतको भाव अनुसार अभिनयमा पनि उत्तिकै महत्व दिईएको निर्माणकर्ता चापागाईंले बताए।  

 

गीतलाई सागर अधिकारीले म्युजिक दिएका छन् भने उनैको निर्देशनमा उक्त म्युजिक भिडियोको सुटिङ्ग गरिएको हो। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार