चलचित्र ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त

२०८१ पुष १२ गते शुक्रवार
सारांश
  • सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्र प्रदीप भारद्वाजले लेखेका हुन् ।

काठमाडौँ । नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त गरिएको छ ।

 
शुक्रबार काठमाडौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । 


मुहूर्त कार्यक्रममा फिल्मका निर्देशक, निर्मातालगायत कलाकारको उपस्थिति रहेको थियो ।
सिमोस सुनुवारको निर्देशनमा बन्ने चलचित्र प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी कथावस्तुमा निर्माण हुने यस चलचित्रको निर्माता सन्तोष गौतम रहेका छन् । 


चलचित्रका मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्माले रहेको छन् । साथै सिनेमामा सौगात र गरिमासँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्र पौष २० गतेबाट फ्लोरमा जाने छ । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार