चलचित्र पूर्ण बहादुरको सारङ्गीको दाहिने हातैमामा बोलको गीत सार्वजनिक
२०८१ असोज १३, आईतबार
- चलचित्र पूर्ण बहादुरको सारङ्गीको दाहिने हातैमामा बोलको गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को ‘दाहिने हातैमा’ बोलको गीत सार्वजनिक भएको छ । निर्माणपक्षले शनिवार चलचित्रको दोस्रो गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । गीतले चलचित्रका प्रमुख पात्रहरूको जीवनको कथा भनेको छ । रात होस या बिहान, झरीमा रुझ्दै होस या घाममा टटिँदै गीतले गाउँगाउँ हिँड्नु परेको गन्दर्भको यथार्थ बोलेको छ ।
गीतमा चलचित्रमा मुख्य पात्र विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, देशभक्त खनाललगायतका कलाकारको अभिनय छ। उनीहरू घरघर गएर गीत गाइरहेको भिडियोमा देखिन्छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’